आजका मुख्य समाचार,
* एमालेमा जनताको बहुदलीय जनवाद परिमार्जनको बहस / मदनको नीतिलाई अघि सारेर पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किएपछि जबजमा बक्रदृष्टि / विधान महाधिवेशनको मुखैमा तल्लो तहसम्म ध्रुवीकरण ।
* सवारी लाइसेन्स छाप्न सुरक्षण मुद्रण केन्द्रसँग गरेको समझदारी पनि अलपत्र / केन्द्रले केही थान नमूना लाईसेन्सबाहेक थप छाप्नै सकेन / मुद्रण भन्छ, न कर्मचारी छ न बजेट / मन्त्री भने आश्वान बाँडेको बाँडै ।
* श्रम स्वीकृति नलिइ साउदी पुगेका २ लाख नेपाली श्रमिकलाई कानुनी हैसियत दिन सुरु / विषाक्त मदिरा सेवनले कुबेतमा तीन दिनभित्रै ९ नेपालीको मृत्यु ।
* टप एन्ड टी-ट्वेन्टी सिरिजको आफ्नो पहिलो खेलमा नेपाल पराजित / एनटी स्ट्राइक ४२ रनले विजयी / नेपालले भोलि बंगलादेशको सामना गर्ने ।
* इङ्लिस प्रिमियर लिगको उद्घाटन खेलमा आज डिफेन्डिङ च्याम्पियन लिभरपुलले बर्नमथसँग खेल्ने / जितसँगै सिजनको सुरुआत गर्ने दुवैको लक्ष्य / प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट ।