आजका मुख्य समाचार,
* कक्षा १२ को परीक्षामा ६१ प्रतिशतभन्दा धेरै विद्यार्थी उतीर्ण / गतवर्षको भन्दा ९ प्रतिशतले सुधार / ग्रेड वृद्धिको परीक्षा भदौ २८ र २९ गते हुने ।
* कुलिङ अफ पिरियडमा भएको जालसाजीमा राज्य व्यवस्था समिति सभापति र सचिवलाई कारबाही गर्न सिफारिसको तयारी/ मुख्यसचिव र संसद्का महासचिवले आचरणअनुसार काम नगरेको निष्कर्ष ।
* नेतृत्वविरुद्ध बोल्नेलाई चुप लाग्न चेतावनी दिँदै सकियो माओवादी केन्द्रको स्थायी समिति बैठक / आत्मालोचना गर्न अध्यक्ष दाहालले दिएको निर्देशन जनादर्शन शर्माद्वारा अस्वीकार ।
* एक सय ५७ जना आप्रवासी बोकेको डुंगा यमनमा डुब्दा ६८ जनाको मृत्यु / १२ जनाको उद्धार, बेपत्ता कयौंको खोजी जारी ।
* प्रधानमन्त्रीको घोषणापछि सूर्यविनायक नगरपालिकाले अघि बढायो रंगशाला निर्माणको प्रक्रिया / भक्तपुर इँटा तथा टायल उद्योग रहेको २ सय ५० रोपनीमा अध्ययन सुरु ।