आजका मुख्य समाचार,
* लिपुलेकमा भारत-चीनको रवैयाविरुद्ध सिंगो सदन एकमत/ नेपाली भूमि प्रयोगमा ल्याउने सहमति सार्वभौमिकताविरुद्ध भएको ठहर/ उच्च राजनीतिक तहमा संवाद गर्न प्रधानमन्त्रीलाई सुझाव ।
* लामो विवाद र छलफलपछि पनि भूमी र शिक्षा विधेयकमा संसदीय समिति एकमत हुन सकेनन्/ सत्तारुढ दलको बलमा दुबै विधेयक बहुमतले पारित/ विपक्षी सांसदको फरक मत ।
* एमाले नेतृत्वप्रति पूर्वउपाध्यक्ष भण्डारी आक्रामक/ पार्टी विधि पद्धितिमा नचलाएको भन्दै अध्यक्ष ओलीको तिव्र आलोचना/ सरकारले अर्थतन्त्र सुधार्न नसकेको आरोप ।
* युद्धविरामको पहल भइरहेकै बेला युक्रेनमाथि रुसको भीषण आक्रमण/ ६ सय १४ ड्रोन र क्षेप्यास्त्र प्रहार/ पुटिनसँग युरोपेली भूमिमा वार्ता गर्न जेलेन्स्की तयार ।
* नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ गतेदेखि हुने तय/ ३२ खेल हुने प्रतियोगितालाई भव्य बनाउने क्यानको तयारी ।