Kantipur Samachar | कान्तिपुर समाचार, ४ भदौ २०८२

भाद्र ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ४ भदौ २०८२

आजका मुख्य समाचार,

* महाकाली वारीका लिपुलेक-लिम्पियाधुरा क्षेत्रमा कुनै पनि क्रियाकलाप नगर्न भारत र चीनलाई नेपालको आग्रह / नेपाली भूभाग लिपुलेकबाट सीमा व्यापार खोल्ने दुई देशबीचको सहमतिमा गम्भीर आपत्ति ।

* शक्ति राष्ट्रहरु ध्रुवीकृत हुँदै गएका बेला चीन र भारत जान लाग्नुभएका प्रधानमन्त्री ओली चनाखो हुनुपर्ने / असंलग्न परराष्ट्र नीतिअन्तर्गत सम्बन्ध विस्तारमा लाग्न सुझाव ।

* सरकारी सेवा प्रवेशमा युवाको उत्साहजनक सहभागिता / विदेशभन्दा स्वदेशमै रोजगार गर्ने चाहसहित तयारी कक्षामा / साढे ३ हजार पदको विज्ञापनमा झन्डै पाँच लाखको आवेदन ।

* इरानबाट आप्रवासी बोकेर फर्किरहेको बस अफगानिस्तानको हेरात प्रान्तमा दुर्घटना / १७ बालबालिकासहित ७९ जनाको मृत्यु / काबुल जाँदै गरेको बसमा आगो लाग्दा ठूलो क्षति ।

* अस्ट्रेलियामा जारी टप एन्ड टी-ट्वेन्टी सिरिजमा नेपालको लगातार दोस्रो जित / मेलवर्न रेनेगेड्सलाई ३३ रनले हरायो / सोमपाल कामीको उत्कृष्ट बलिङ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.