Kantipur Samachar | कान्तिपुर समाचार, ६ भदौ २०८२

भाद्र ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ६ भदौ २०८२

आजका मुख्य समाचार,

* नेपाली भूमिबारे भारत र चीनबीचको सहमतिको प्रतिवाद गर्दै तत्काल दुवै देशलाई कूटनीतिक नोट पठाउन सरकारलाई दबाब/ कूटनीतिक तहमै संवाद गर्ने सरकारको भनाइ ।

* वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित/ एक दशकमै सय खर्बको लगानी जुटाउने लक्ष्य/ ठूला पूर्वाधार निर्माणमा सहभागि हुन निजी क्षेत्रलाई बाटो खुल्ने।

* आठ कडा रोगको उपचार गर्न सरकारले दिँदै आएको सहयोग अब स्वास्थ्य बीमामै समेटियो/ सामाजिक स्वास्थ्य उपचारका नाममा सञ्चालित अन्य कार्यक्रमका विषयमा भने अझै अन्योल।

* श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघे पक्राउ/ राष्ट्रपति छँदा विदेश भ्रमणमा सरकारी कोषको दुरुपयोग गरेको आरोपमा मुद्दा दर्ताको तयारी।

* टप एन्ड टी ट्वेन्टी सिरिजअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपाल पाकिस्तान साहिन्ससँग १ रनले स्तब्ध/ नेपाली टिम लिग चरणबाटै बाहिरियो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.