आजका मुख्य समाचार,
* बागमती प्रदेश सरकारको नेतृत्व धरमरायो / कांग्रेस संसदीय दलको नयाँ नेता चयन प्रक्रिया सुरु / अविश्वासको प्रस्तावबाट हटाइएका बहादुरसिंह लामा भन्छन् - मुख्यमन्त्री छोड्दिनँ ।
* कमिसन र मनोमानी शुल्क उठाइरहेका शैक्षिक परामर्शदाता संस्थामाथि वाणिज्य विभागको धमाधम कारबाही / काठमाडौंका ८३ कन्सल्टेन्सी अनुमगन गर्दा ६२ वटा अवैध ।
* जापानमा संस्थागत रुपमा श्रमिक पठाउने सरकारको गृहकार्य / इजाजत पाएका संस्थाले दूतावासको अनुमतिमा पठाउन सक्ने/ भिजिट र विद्यार्थी भिसामा गएर काम गर्नुपर्ने बाध्यता हट्ने ।
* लगातारको भारी वर्षा र बाढीका कारण चीनको बेइजिङमा ३० जनाको मृत्यु / ८० हजारलाई सुरक्षित स्थानमा सारियो / १ सय ३० गाउँमा विद्युत् आपूर्ति बन्द ।
* खेलकुदमन्त्रीले राखेप बोर्ड बैठक नबोलाएपछि दशौं राष्ट्रिय खेलकुद फेरि अन्योलमा / ओलम्पिक विवाद समाधानपछि मात्रै राष्ट्रिय खेलकुदमा ध्यान दिने मन्त्रालयको जवाफ ।