रसुवाको भोटेकोशीमा फेरि बाढी

श्रावण १४, २०८२ |बलराम घिमिरे
रसुवाको भोटेकोशीमा फेरि बाढी

रसुवा । रसुवाको भोटेकोशीमा फेरि एक्कासी पानीको सतह बढेको छ । बाढी आएसँगै प्रशासनले आवश्यक सतर्कता अपनाउन सूचना जारी गरेको छ ।

रसुवा आसपास पानी परेको छैन । भोटेकोशीमा के कारणले बाढी आयो भन्ने यकिन नभएको प्रशासनले जनाएको छ । बाढीबाट क्षति हुन नदिन आवश्यक तयारी गरिएको प्रशासनको दावी छ । अहिलेसम्म बाढीले कुनै क्षति पुर्याएको छैन । 

यसैबीच रसुवाको भोटेकोशीमा आएको बाढी धादिङ खण्डसम्म पुगेको बताइएको छ । नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको हाम्रा धादिङ सहकर्मी पोषनाथ अधिकारीले बताउनु भएको छ ।


Image

बलराम घिमिरे

घिमिरे कान्तिपुर टीभीका रसुवा संवाददाता हुन् ।