इन्डियाविरूद्ध टेस्टको पहिलो इनिङमा इंग्ल्यान्डको सानदार प्रदर्शन, तेस्रो दिनको खेल सकिँदा इन्डिया १८६ रनले पछाडि

जो रुटको शतक
श्रावण १०, २०८२ |खेल ब्युरो
इन्डियाविरूद्ध टेस्टको पहिलो इनिङमा इंग्ल्यान्डको सानदार प्रदर्शन, तेस्रो दिनको खेल सकिँदा इन्डिया १८६ रनले पछाडि

काठमाडौं । पहिलो इनिङमा इन्डियाले एक सय १४ ओभर एक बलमा सबै विकेट गुमाएर तीन सय ५८ रन बनाएको थियो। 

इन्डियाका लागि साई सुदर्शनले उत्कृष्ट प्रदर्शन गरे । उनले एक सय ५१ बलमा ६१ रन जोडेका थिए। ओपनर यसश्वी जैसवाल ५८ र केएल राहुल ४६ रनमा आउट भएका थिए। जवाफ इंग्ल्यान्डले सानदार सुरूआत गरेको थियो। 

ओपनर ज्याक क्रली र बेन डकेटले एक सय ६६ रनको साझेदारी गरे । ज्याक ८४ रन र बेन ९४ रन बनाएर आउट भएका छन्। घरेलु टिमले ४६ ओभरमा दुई विकेट मात्रै गुमाएको अवस्थामा दुई सय २५ रन बाट तेस्रो दिनको सुरूआत गरेको थियो। 

ओले फिलिपले ७१ रन जोडे भने जो रुटले एक सय ५० रनको सानदार पारी खेलेका छन्। यसक्रममा उनले दुई सय ४८ बलमा १४ चौका प्रहार गरे । बेन स्टोक्सले पनि ७७ रन जोडेपछि इंग्ल्यान्डले तीन विकेट बाँकी रहँदै एक सय ८६ रनले लिड गरिरहेको छ। 

अहिलेसम्म इन्डियाका रविन्द्र जडेजा र वासिङ्टन सुन्दरले समान दुई दुई विकेट लिएका छन्। आज चौथो दिनको खेल सुरु हुनेछ। पाँच खेलको जारी सिरिजमा इंग्ल्यान्ड दुई एकले अघि छ।