पब्जी मोबाइल वर्ल्ड कप २०२५ : होरा ई-स्पोर्ट्स पहिलो दिन ८औं स्थानमा

श्रावण १०, २०८२ |खेल ब्युरो
पब्जी मोबाइल वर्ल्ड कप २०२५ : होरा ई-स्पोर्ट्स पहिलो दिन ८औं स्थानमा

काठमाडौं । नेपाली टोली होरा ई-स्पोर्ट्सले पब्जी मोबाइल विश्वकप–पीएमडब्यूसी २०२५ को समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो दिन ८औं स्थानमा रहन सफल भएको छ ।

हिजो किदिया ई-स्पोर्ट्स एरेनामा पहिलो दिनका ६ खेल समाप्त हुँदा होरा ई-स्पोर्ट्स ८औं स्थान हासिल गर्न सफल भयो । नेपाली टोलीले पहिलो दिन ३८ अंक जोडेको थियो । प्रतियोगितामा २४ टोली सहभागी भए पनि पहिलो दिन ८ टोलीलाई आराम दिइएको थियो ।

समूह  रेडमा रहेर बलिया टोलीसँग भिडेको होराले विशेषगरी तेस्रो खेलमा १० किलसहित १६ अंक जोडेको थियो । पहिलो दिन ५६ अंकसहित फोर थ्राइभ्स शीर्ष स्थानमा रह्यो । अल्फा सेभेन ५५ अंक र डीआरएक्स ५४ अंकसहित दोस्रो र तेस्रो स्थानमा रहे ।

आजका लागी होरालाई आराम दिइएको छ भने नेपाली टोलीले भोली पुन: आफ्नो चुनौती प्रस्तुत गर्नेछ । समूह चरणपछि शीर्ष ८ टोली सीधा ग्रान्ड फिनालेमा प्रवेश गर्नेछन् भने बाँकी टोलीले सराइवल स्टेजमा प्रतिस्पर्धा गर्नेछन् ।

*यसअघि समाचारमा अन्यथा पर्न गएकोमा सच्याइएको ।