काठमाडौं । असार लागेसँगै निर्माणको गतिमात्रै होइन, सरकारको विकास खर्च भुक्तानी पनि बढेको छ । चैत-वैशाखमा दैनिक ५८ करोड हाराहारीमा खर्च गरेको सरकारले असारमा दैनिक १ अर्ब ३ करोड हाराहारीमा खर्च गरेको छ ।
यसरी असारमा हुने विकास र त्यसको भुक्तानीले निर्माणको गुणस्तरसँगै आर्थिक बृद्धिमा समेत प्रभाव पर्ने देखिएको छ।
सरकारले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् गत साउनमा ८ अर्ब ५५ करोड खर्चेको थियो । अर्थात् दैनिक २८करोड रूपैयाँ सरकारले बिकास खर्च गरिरहेको थियो ।
भदौमा दैनिक २१ करोड हाराहारी खर्चेको सरकारले असोजमा ८४ करोड खर्चेको देखिन्छ । कात्तिकमा फेरि दैनिक १७ करोड खर्चेको सरकारले पुसमा ५३ करोड खर्च गर्याे ।
पुससम्म सरकारले ५६ अर्ब ९३ करोड खर्चेकोमा २० अर्ब गत वर्षकै भुक्तानी थियो । अर्थात् यो समयसम्म भएको खर्च पनि विकास निर्माणको गतिका कारणले भन्दा पुरानो भुक्तानीका कारण भएको थियो ।
त्यसपछि चैतबाट बढ्न सुरू गरेको सरकारको खर्च वैशाखसम्म मासिक १७ अर्ब हाराहारी रह्यो भने जेठमा २३ अर्ब खर्च भएको थियो, अर्थात् सरकारको खर्च दैनिक बढेर७६ करोड पुग्यो । असार लागेपछि विकास निर्माण बापतको रकम भुक्तानी हृवात्तै बढेर दैनिक १ अर्ब नाघेको छ । अर्थात् १६ दिनमै सरकारले १६ अर्ब खर्चिसकेको छ ।
एक खालको ट्रेन्ड भैसक्यो । यो बैंकले पनि असारमा कस्ने हुँदा उनीहरूले असारमै काम सक्ने देखिन्छ । अर्काे डर यो वर्ष सकेन भने अर्काे वर्ष पैसा पाइन्न भनेर काम गर्ने गरेका हुन् । असारे विकास गरेर रकम लिन यसो भएको हेा । अन्यथा पहिला काम गरेर पैसा लिन केहि बाधा व्यवधान छैन् ।
असारमै निर्माण कार्य र भुक्तानीले तीब्रता पाउँदा निर्माणको गुणस्तरमा मात्रै हैन् अर्थतन्त्रको विकासमा समेत असर पारेको छ । असारबाहेकका महिनामा भुक्तानी नहुादा बजारमा पैसा गएर अर्थतन्त्र चलायमान बनाउन र आर्थिक बृद्धि हासिल गर्न अप्ठ्यारो पारेको विज्ञ बताउँछन् ।