काभ्रे । खानीखोला गाउँपालिका–१ अन्तर्गत खोपासी–तालढुंगा सडकखण्डमा हिजो दिउँसो स्काभेटर पल्टिएपछि पूर्णरूपमा अवरुद्ध भएको सडक खुल्न सकेको छैन् । उक्त स्थानमा लगातारको वर्षाका कारण सडक भासिएर स्काभेटर पल्टिदा स्थानीयवासी जोखिम मोलेर वैकल्पिक असुरक्षित बाटो प्रयोग गर्न बाध्य भएका छन्।
खानीखोला गाउँपालिकाको जेसीबीमार्फत स्काभेटर हटाउन प्रयास गरिएको भए पनि असफल भएको छ। निर्माण व्यवसायीले ठूला मेसिनहरूको पर्खाइमा काम रोकिएको जनाएका छन्।
सडक निर्माणका क्रममा बारम्बार पहिरो र कमजोर भूगर्भीय संरचनाका कारण समस्या आएको छ। संघीय र प्रदेश सरकारबाट बजेट अभावका कारण सडक निर्माण कार्य अपूर्ण रहेको छ।
स्थानीयले सडक मर्मत, स्काभेटर हटाउने, र यातायात पुनः सञ्चालन गर्न सरकारसँग तुरुन्त कदम चाल्न माग गरेका छन्। निर्माणलाई दीर्घकालीन बनाउँदै राष्ट्रिय प्राथमिकताका रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता देखिएको छ।