लुम्बिनी लायन्सले गर्‍यो रिटेन र रिलिज हुने खेलाडी नाम सार्वजनिक

असार ११, २०८२ |खेल ब्युरो
लुम्बिनी लायन्सले गर्‍यो रिटेन र रिलिज हुने खेलाडी नाम सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको फ्रेन्जचाइजी टिम लुम्बिनी लायन्सले दोस्रो सिजनका लागि रिटेन र रिलिज गरिएका ६ खेलाडीको नाम सार्वजनिक गरेको छ ।

लुम्बिनीले बुधबार जारी गरेको विज्ञप्तिअनुसार, मार्की तथा कप्तान रोहित पौडेलसहित सन्दीप जोरा, दिनेश अधिकारी, विवेक यादव, तिलक भण्डारी र अभिषेश गौतमलाई रिटेन गरेको हो । 

यसैगरी सूर्य तामाङ, आसुतोष घिरैया, दुर्गेश गुप्ता, विकास अग्रि र आरिफ खानलाई रिलिज गर्ने निर्णय गरेको छ । लुम्बिनीले पहिलो सिजन खराब प्रदर्शन गरेको थियो । 

विषेशगरी बलिङमा कमजोर देखिएको लुम्बिनीले पहिलो सिजन तालिकाको पुच्छारमा रहेर लिग टुंग्याएको थियो । उसले सात खेलमा मात्र एकमा जित हात पार्दा ६ खेलमा पराजय बेहोरेको थियो । 

सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले पनि रिलिज र रिटेन गरेका खेलाडीको सूची सार्वजनिक गरिसकेका छन् ।