आजका मुख्य समाचार,
* विद्यालय शिक्षा विधेयक संसद्को शिक्षा समितिमै बन्धक / मन्त्रीले ७ दिनको समय मागेकै बित्यो दुई साता / शिक्षकसँगको सहमतिअनुसार असार १५ भित्र पारित हुनेमा शंका ।
* प्रधानमन्त्रीको नाम जोडिएका कार्यक्रमको पुनर्संरचना गर्ने घोषणा बजेटमा गरिएपछि मन्त्रालयले थाले तयारी / वर्षमा ४० हजारलाई सिपयुक्त रोजगारी दिने लक्ष्य ।
* काठमाडौं महानगर प्रमुख शाह र उपप्रमुख डंगोलबीचको टकरावले कार्यपालिका र नगरसभा बैठक बस्नै सकेनन् / नीति तथा कार्यक्रम र बजेटसमेत अन्योल ।
* युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसको भीषण आक्रमण / तीनको मृत्यु, २१ जना घाइते / रुसी सेनाद्वारा २ सय १५ मिसाइल र ड्रोन प्रहार ।
* नेपाल पौडी च्याम्पियनसिपको पहिलो दिन आज चार राष्ट्रिय कीर्तिमान / डुवानालाई ८ सय मिटर फ्रिस्टाइलमा स्वर्ण / दिभान्सी, आर्या र अनुभव पनि पहिलो ।