आजका मुख्य समाचार,
* पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन सरकारलाई सर्वोच्चको आदेश / जाहेरी तामेलीमा राख्ने मन्त्रिपरिषद्को निर्णय बदर ।
* अधिकांश संवैधानिक नियुक्तिमा पूर्वकर्मचारीकै हालीमुहाली / राजनीतिक पहुँचमा हुने नियुक्तिले संस्थाकै निष्पक्षता र प्रभावकारितामा प्रश्न ।
* भिजिट भिसा प्रकरणमा सत्ता पक्ष र विपक्षीको अडानले संसद् नै बन्धक / छानबिन समिति गठनमा सहमति नजुट्दा कानुन निर्माण र बजेटमाथिको छलफल अलपत्र ।
* स्टिल र एल्युमिनियमको आयात कर ५० प्रतिशत पुर्याउने कार्यकारी आदेशमा अमेरिकी राष्ट्रपति ट्रम्पको हस्ताक्षर / बेलायतलाई भने अस्थायी रुपमा २५ प्रतिशत मात्रै कर ।
* आईसीसी विश्वकप लिग टु अन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको खेल जारी / नेपालले पायो २ सय २६ रनको लक्ष्य ।