आजका मुख्य समाचार,
* पतञ्जलि जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा / १४ वर्षसम्म कैद र साढे १८ करोडभन्दा बढी बिगो दाबी / मन्त्रिपरिषद्का निर्णयमा अख्तियारको चुनौती ।
* प्रधानमन्त्री तहमा अख्तियारको छानबिन र भ्रष्टाचार मुद्दा / पूर्वप्रधानमन्त्री नेपालको सांसद पद निलम्बन / आफूले अनियमितता नगरेको तर राजनीतिक प्रतिशोध साँधिएको भनाइ ।
* भिजिट भिसा प्रकरणमा सत्ता र प्रतिपक्षीबीच अझै कुरा मिलेन/ प्रतिनिधि सभामा अवरोध कायमै / गृहमन्त्रीको राजीनामाबाट पछि हटेका विपक्षी छानबिन समितिको अडानमै ।
* इजरायली सेनाद्वारा प्यालेष्टिनी लडाकु समूहको नियन्त्रणमा रहेका दुई बन्धकको शव गाजामा बरामद / गाजामा युद्धविरामसम्बन्धी राष्ट्रसंघको प्रस्तावविरुद्ध अमेरिकाको भिटो ।
* ३७ वर्षपछि भएको नेपाल र हङकङबीचको फुटबल खेल गोलरहित बराबरीमा / दुवै टोली एसियन कप छनोटको तेस्रो चरणको तयारीमा केन्द्रित हुने ।