मुस्ताङ । नेपाल-चीनबीच भएको पारवहन तथा यातायात सम्झौताको प्रोटोकल अनुसार १९ महिनाअघि २०८० कात्तिकदेखि कोरला नाका व्यावसायिक रूपमा खुला भयो । यो नाका व्यावसायिक रूपमा खुल्ला भएसँगै अन्तरदेशीय व्यापारिक नाकाका रूपमा स्थापित हुने अपेक्षा थियो । तर, सरकारले आवश्यक पूर्वाधार निर्माणदेखि व्यवस्थापनमा चासो नदिँदा नाका खुला भए पनि प्रभावकारी हुन सकेको छैन । कोरला नाका किन प्रभावकारी ढंगले सञ्चालनमा आउन सकेन त ? संवाददाता पोषनाथ अधिकारीको स्थलगत रिपोर्ट :