आजका मुख्य समाचार,
* एयरपोर्ट अध्यागमनको प्रमुख हुँदा मानव तस्करसँग साँठगाँठ गरेको आरोपमा सहसचिव तिर्थराज भट्टराई अख्तियारको नियन्त्रणमा / घरमा छापा मारेर मोबाइल लगायतका उपकरणसमेत जफत ।
* संसदीय समितिमा माइक हानाहान र भनाभनमा उत्रिए सांसद / संसदीय गरिमाकै अवमूल्यन / पोखरा विमानस्थलमा भएको भ्रष्टाचारको अनुसन्धान गर्न लेखा समितिको निर्देशन ।
* उद्योग व्यवसायमैत्री नीति ल्याउन नवनियुक्त गभर्नरलाई निजी क्षेत्रको सुझाव / बैंकिङ र मौद्रिक नीतिमा ध्यान दिने पौडेलको प्रतिबद्धता / राजनीतिक छवि हटाउन भने चुनौती ।
* पाकिस्तानमा सेनाको स्कुल बसमा बम विष्फोट हुँदा ४ बालबालिकासहित ६ जनाको मृत्यु, ३० घाइते / भारतको योजनामा आक्रमण गरिएको पाकिस्तानी सेनाको आरोप ।
* इन्डियन प्रिमियर लिग आईपीएलमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीचको खेल जारी / दिल्ली टस जितेर फिल्डिङमा ।