संविधानसभा सदस्य यादवको निधन

असार १८, २०८२ |रमेश ठाकुर
संविधानसभा सदस्य यादवको निधन

बारा । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका-२ कवहीजगात गाउँ घर भएका यादवको ७२ वर्षको उमेरमा वीरगन्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको छोरा डा। जितेन्द्र यादवले बताउनुभयो ।

यादव मधुमेह रोगबाट लामो समयदेखि पीडित हुनुहुन्थ्यो । उहाँ २०७० सालको दोस्रो संविधानसभाका लागि बारा निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसबाट निर्वाचित हुनुभएको थियो ।

उहाँ कांग्रेसका पूर्व जिल्ला सचिव तथा महासमिति सदस्य हुनुहुन्थ्यो । उहाँका २ छोरा, २ छोरी र श्रीमती छन् । यादवको अन्तिम संस्कार आजै बाराको गाउँमा गरिने परिवारले जनाएको छ ।


Image

रमेश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका बारा संवाददाता हुन् ।


सम्बन्धित