पहिरो झर्दा भत्किएको घरभित्र थुनिएकाको सकुशल उद्दार

असार १८, २०८२ |आनन्द गौतम
पहिरो झर्दा भत्किएको घरभित्र थुनिएकाको सकुशल उद्दार

ताप्लेजुङ । कुलोको पानी थुनिएर पहिरो झर्दा भत्किएको घरभित्र थुनिएकालाई गाउँलेले सकुशल उद्दार गरेका छन् । सिदिङवा गाउँपालिका ३ आङखोपका ६१ बर्षिय हस्तवहादुर कटुवाल उनका श्रीमती ठगमाया कटुवाल र छोरी सम्झना कटुवाल गौतम घरभित्र थुनिएका थिए ।

हस्तवहादुरका अनुसार बुधबार विहान १ वजे घरमाथीको ढिस्को भत्किएर घर पुरेको थियो । घर भत्कीएको आवाजले मतानमा सुतेका छोरावुहारी बिउझिँएका थिए । उनीहरुले गाउँमा होहल्ला गरेपछि गाउँले समेत भेला भएर तीनैजनालाई राती नै उद्दार गरेका थिए ।

हस्तवहादुर र छोरी सम्झनालाई भने सामान्य चोटपटक लागेको छ । भत्किएको घरको दलिन र ढुङ्गाले लागेर घाइते हुनुभएकी ठगमायाको सिदिङवा गाउँपालिका केन्द्र साव्लाखु भन्ज्याङवाट आएका स्वास्थ्यकर्मीले उपचार गरेपश्चात थप उपचारकालागि जिल्ला अस्पताल लगिने चाँजोपाँजो भैरहेको हस्तवहादुरले कटुवालले वताउनुभयो ।


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।