आजका मुख्य समाचार,
* भारतमा नेपाली विद्यार्थीको मृत्यु प्रकरणबारे छानबिन गरी न्याय दिलाउन सरकारलाई राष्ट्रिय सभाको निर्देशन/ किट विश्वविद्यालयमा अध्ययन अनुमति पत्र नदिन सांसदहरुको माग ।
* नीति तथा कार्यक्रमलाई एमालेकरण गरिएको भन्दै सत्तारुढ कांग्रेसभित्रै तीव्र असन्तुष्टि / आन्तरिक विवादलाई राष्ट्रिय राजनीतिमा नमिसाउन एमालेको आग्रह ।
* विदेशी मुद्राको अपचलन बढ्दो / ९ महिनाभित्र १ सय ७ जनामाथि २ अर्बको मुद्दा/ तस्करी र आपराधिक गतिविधिमा अवैध मुद्रा प्रयोगको जोखिम ।
* ६ दशकदेखि सिंगापुरको सत्तामा पीएपीको एकाधिकार / आम निर्वाचनमा लगातार १४ औं पटक विजयी/ युवा वर्गमा बढ्दो निराशा सम्बोधन प्रधानमन्त्री वोंगका मुख्य चुनौती।
* इन्डियन प्रिमियर लिग आईपीएलमा राजस्थानमाथि कोलकाताको एक रनको रोमाञ्चक जित/ पञ्जाव सुपर किंग्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा जारी ।