काठमाडौं । शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनबाट महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ ।
काठमाडौंको हायात होटेलमा आज सम्पन्न महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रूपमा कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न गरेको हो । एनआरएनए उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत कार्यसमिति चयन भएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
महाधिवेशनबाट नयाँ नेतृत्व आइसक्दा पनि एनआरएनए विवादसम्बन्धी मुद्दाहरूको टुङ्गो भने लागेको छैन । सर्वोच्च अदालतमा डा बद्री केसीले दायर गर्नुभएको एनआरएनए विवादसम्बन्धी चार मुद्दा विचाराधीन छन् । एनआरएनएको आधिकारिकता हालसम्म डा बद्री केसी नेतृत्वको एनआरएनएसँगै रहेको छ भने सोही कमिटीले संघको बालुवाटारस्थित कार्यालयबाटै गतिविधि गर्दै आएको छ ।
अदालतमा विवादसम्बन्धी मुद्दा विचाराधीन रहेकाले एनआरएनएको आगामी बाटो सहज भने देखिँदैन ।