Kantipur Samachar | कान्तिपुर समाचार, २० वैशाख २०८२

वैशाख २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २० वैशाख २०८२

आजका मुख्य समाचार,

* सरकारको नीति तथा कार्यक्रमले बसाई-सराई रोक्ने र स्थानीय अर्थतन्त्र चलायमान बनाउने विषयलाई सम्बोधन गर्न सकेन / राजनीतिक प्रतिबद्धता पूरा गर्न पनि दलीय सहमति जुटाउन कठिन ।

* शिक्षक आन्दोलनका कारण १० दिन पर धकेलिएको कक्षा १२ को परीक्षा भोलिदेखि / ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी हुने ।

* अटिजम भएका व्यक्तिको एकीन तथ्यांक संकलन र अवस्था सुधारमा सरकार उदासीन / ३ लाख प्रभावित भएको विश्व स्वास्थ्य संगठनको आंकलन / बालबालिका शिक्षाबाटै वञ्चित ।

* अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थनी अल्बानिज दोस्रो कार्यकालका लागि निर्वाचित / अल्बानिज नेतृत्वको लेबर पार्टीलाई बहुमत / लिबरल पार्टीका नेता पीटर आफ्नै क्षेत्रमा पराजित ।

* इन्डियन प्रिमियर लिग आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरु र चेन्नई सुपर किङ्स बिचको खेल जारी / खेल जिते बैंगलुरु प्लेअफ चरणनजिक पुग्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.