बैंकर र व्यवसायी छुट्याउनुपर्ने सांसदका सुझाव

वैशाख २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
बैंकर र व्यवसायी छुट्याउनुपर्ने सांसदका सुझाव

काठमाडौं । एकै व्यक्ति बैंकर र व्यवसायी हुँदा बैंकको दुरुपयोग हुने जोखिम बढेको भन्दै बैंकर र व्यवसायी छुट्याउनुपर्ने सुझाव सांसद तथा विज्ञहरूले दिएका छन् । अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा यस्तो सुझाव आएको हो । 

विधेयकमाथि आजदेखि अर्थ समितिमा छलफल सुरु गरिएको हो । आइबारको बैठकमा पूर्वबैंकर पर्शुराम कुँवर र नेपाल राष्ट्र बैंकका लक्ष्मीप्रपन्न निरौलालाई बोलाइएको थियो ।

तर, पूर्वअर्थमन्त्री वर्षमान पुन तथा सांसद स्वर्णिम वाग्लेले भने यसमा निर्णय लिनुअघि सरोकारवालाहरूसँग छलफल गर्नुपर्ने बताउनुभयो । अहिले व्यवसायीले नै बैंक चलाइरहेकाले त्यसको असरको आकलन गरेर मात्रै नयाँ व्यवस्था गर्नुपर्ने उहाँहरूको राय थियो ।

व्यवसायीहरूले भने अहिले यस्तो व्यवस्था ल्याउन नहुने तर्क गरेका छन् । राष्ट्र बैंक लामो समयदेखि बैंकर र व्यवसायी छुट्याउने गरी कानुनी व्यवस्था गर्ने प्रयासमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.