आजका मुख्य समाचार,
* संसद्को बजेट अधिवेशनको पहिलो बैठक नै शीर्ष नेताको उपेक्षामा / कांग्रेस सभापति र प्रमुख प्रतिपक्षी दलका नेता अनुपस्थित / प्रधानमन्त्री ओलीको सम्बोधन स्थगित ।
* सत्ता परिवर्तन हल्लामात्रै भएको कांग्रेस सभापति देउवाको भनाइ / सरकार फेर्ने छलफल भए देशभित्रै हुने परराष्ट्रमन्त्रीको प्रस्टोक्ति / १४ महिनापछि छाड्ने प्रधानमन्त्रीको प्रतिबद्धता ।
* शिक्षामन्त्रीले वार्तामा बोलाएपछि सिंहदरबार हिँडेका आन्दोलनरत शिक्षक गेटबाटै फर्किए / सरकारले आफूखुशी प्रतिनिधि तोकेको आरोप / २४औँ दिनमा पनि आन्दोलन जारी ।
* युक्रेन युद्धमा खटिएका रूसी सेनाका जनरलको मस्कोनजिकै कार बम विस्फोटमा मृत्यु / किएभ संलग्न रहेको क्रेमलिनको आशंका / पुटिन र अमेरिकी दूतबीच भेटवार्ता ।
* इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा जारी / प्लेअफको सम्भावना कायम राख्न दुवै टिमलाई जित्नैपर्ने दबाब ।