आजका मुख्य समाचार,
* पेशागत सुरक्षादेखि न्याय माग्दै सडकमा आन्दोलन चर्कँदा पनि सम्बोधनमा सरकारको अस्वाभाविक ढिलाइ / १९ दिनदेखि शिक्षकहरु हडतालमा उत्रिँदा कक्षा १२ को परीक्षा अन्योलमा ।
* अर्थतन्त्रका सूचक सकारात्मक देखिँदै गएको सरकारको दाबी / आयात र निर्यातमा सामान्य सुधार/ राजस्व कम उठ्ने जोखिमलाई ध्यानमा राखेर बजेट ल्याउन योजना आयोगको सुझाव ।
* मधेश प्रदेशमा आर्थिक बेथितिबारे संसदीय छानबिन प्रतिवेदनको चाङ लाग्दा पनि कार्यान्वयनमा बेवास्ता / ५ वटा समितिको सुझावलाई उपेक्षा गर्दै फेरि अर्को गठनको तयारी ।
* राष्ट्रपति ट्रम्पको नीति र कार्यशैलीप्रति अमेरिकीहरु आक्रोशित/ मस्क नेतृत्वको विभागले हजारौं कर्मचारी हटाएकोमा विरोध/ ५० वटै राज्यमा प्रदर्शन ।
* पोखरा थन्डर्स नेपाल सुपर लिग एनएसएलको दास्रो क्वालिफायरमा / इलिमिनेटरमा एफसी चितवन ३-० ले पराजित/ पोखराका जो आइडूको दोहोरा गोल ।