नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका-७ चोरमारास्थित गिरुबारी खोलाको पुल भासिएको छ । मालवाहक सवारी सञ्चालन भइरहेको समयमा पुल चर्किएको र भासिएको प्रहरीले जनाएको छ ।
पुल भासिएपछि पूर्वपश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको छ । पूर्व र पश्चिमतर्फ हिँडेका सयौं सवारी चोरमारामा अलपत्र परेका छ्न् । पुलको अवस्था जाँच गर्न सडक विभागको प्राविधिक टोली आइरहेको र त्यसपछि मात्र पुलको मर्मत तथा डाइभर्सन निर्माणको काम हुनेछ ।