आजका मुख्य समाचार,
* व्यवस्थाविरुद्ध उठिरहेका आवाजले देशलाई अराजकतातर्फ धकेल्ने प्रधानमन्त्रीको भनाइ/ लोकतान्त्रिक मूल्यविरोधी आवाज सह्य नहुने उद्घोष/ प्रदेश र स्थानीय तहलाई पर्याप्त अधिकार रहेको दाबी ।
* कुलमान बर्खास्ती प्रकरणले आज पनि संसद् अवरुद्ध/ प्रधानमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने विपक्षी अडान कायमै/ उपप्रधानमन्त्री पौडेलले जवाफ दिने प्रस्ताव अस्वीकार ।
* साउनयता मात्रै आगलागीबाट देशभर ६६ जनाको मृत्यु / दैनिक १४ वटा घटना हुँदा विपद् व्यवस्थापन चुनौतीपूर्ण / पूर्वतयारी नहुँदा शहरका अग्ला संरचना झनै जोखिममा ।
* युक्रेनबाट सेना फर्किएपछि मात्रै रुसविरुद्धको प्रतिबन्धबारे सोच्न सकिने युरोपेली संघको भनाइ / ब्ल्याक सी'मा युद्धविरामका लागि रुसका शर्तसामु अमेरिका अडिग रहने युक्रेनको विश्वास ।
* अर्को वर्ष हुने एएफसी महिला एसियन कप छनोटका खेलहरु नेपालले उज्बेकिस्तानमा खेल्ने / समूह 'एफ'मा नेपालसहित उज्बेकिस्तान, लाओस र श्रीलंका ।