काठमाडौं । अमेरिकाले अपराधमा संलग्न भएको आरोपमा थप १७ जनालाई एल साल्भाडोर पठाएको छ ।
भेनेजुएला र एल साल्भाडोरको गिरोह ट्रेन डी अरागुवा र एमएस थर्टिनका सदस्य भएको आरोपमा अमेरिकाले १७ जनालई एल साल्भाडोर डिपोर्ट गरेको हो ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले निर्वासित व्यक्तिमा हत्या र बलात्कारमा संलग्न व्यक्ति समावेश रहेको बताउनुभएको छ ।
उता, एल साल्भाडोरका राष्ट्रपति नायब बुकेलेले पनि सामाजिक सञ्जालमार्फत् सबै निर्वासितहरू हत्यारा र हाइ प्रोफाइलका अपराधी रहेको बताउनुभएको छ । यद्यपि, डिपोर्ट भएका व्यक्तिहरुको नाम र सजायबारे भने अमेरिकाले केही खुलाएको छैन ।