इलाम । आगलागीले जलेर क्षतिग्रस्त भएको इलामको जस्विरेस्थित चिया कारखाना पुर्ननिर्माणमा स्थानीय किसान र सुभेच्छुक जुटेका छन् । कारखाना चाँडो संचालनका लागि काम सघाउनेहरुको घुँइचो नै हुने गरेको छ । कतिसम्म भने पुननिर्माणका लागि स्थानीयले विना पारिश्रमिक काममा सघाइरहेका छन् ।
गत फागुन १३ गते राति इलामको जस्विरेमा रहेको चिया कारखाना आगलागी हुादा करौड रुपैयााभन्दा बढीको क्षति भयो । कारखाना जलेपछि संचालक शरद सुब्बा र उनको परिवार त पीडामा थिए नै । त्यो भन्दा धेरै कारखानामा पत्ती वेच्ने किसान र शुभेच्छुकले दुःख महशुश गरे ।
हरियो पत्ती उत्पादन हुने समय आउनै लाग्दा गाउाको कारखाना जलेपछि किसान र शुभेच्छुकले शोकलाई शक्तिमा वदल्ने निधो गरे अनि जुटे कारखाना पुननिर्माणमा ।
सानै उमेरदेखि नै चिया व्यवसायमा लागेका शरद र परिवारले अनेकौ मेहनतले यो कारखाना स्थापना गरेका थिए । आगो नियन्त्रण गर्ने क्रममा शरद घाइते हुनुभयो । शुभेच्छुकले कारखाना जसरी पनि यहि सिजनमा चलाउन सहयोग गर्ने जनाएपछि उहाँलाई हिम्मत जुट्यो ।
इलाम उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका कृष्ण पौडेलले सहजरुपमा निर्माण सामाग्री उपलब्ध गराएपछि दिनहुँ काम सघाउनेहरूको घुँइचो लाग्न थाल्यो । आगलागी भएको एक महिना मै कारखानाले नयाँ आकार लिइसकेको छ ।
करिव ३ सय किसानले यो कारखानामा हरियो चियापत्ती विक्री गर्छन् । अधिकांश किसानले कुनै न कुनै रुपमा कारखाना पुनः निर्माणमा निशुल्क योगदान गरिरहेका छन् । त्यस्तै अन्य शभेच्छुकले पनि उत्तिकै सघाएका छन् ।
हालसम्म १७ सय जनाभन्दा धेरै जनशक्तिले काम सघाइसकेका छन् । शरद केहि महिना अघि काठमाडौंमा आयोजित नेपाल टि च्यालेन्ज २०२४ मा चिया उत्पादकहरुबीचको प्रतिष्पर्धामा नेपालकै वेष्ट टि मेकर घोषित हुनुभएको थियो । यहाँ उत्पादित चिया नेदरल्यान्ड, अमेरिका, डेनमार्क, फ्रान्सलगायत देशमा निर्यात हुँदै आएको छ ।