काठमाडौं । इद उल-फित्रको दोस्रो दिन गाजामा इजरायली सेनाको आक्रमणमा कम्तिमा ३४ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।
युद्धविराम सम्झौता भंग भएपछि इजरायलले गाजामा निरन्तर आक्रमण गरिरहेको छ । दक्षिणी गाजाको रफाह सहर खाली गर्न चेतावनी दिँदै इजरायली सेनाले घातक आक्रमण जारी राखेको छ । रफाहबाट हजारौं प्यालेस्टिनी विस्थापित भएका छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७, २०२३ यता इजरायलको आक्रमणमा अहिलेसम्म ५० हजार तीन सय ५७ प्यालेस्टिनीको मृत्यु भएको र एक लाख १४ हजार जना घाइते भएका छन् । भग्नावशेषमुनि धेरै मानिसहरू हराइरहेको हुनसक्ने बताइएको छ ।
यसैबीच, अमेरिकी सेनाले लाल सागरस्थित कामरान टापुमा यमनको हुथी विद्रोही समूहलक्षक्षित दुईवटा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विद्रोही समूहलाई आक्रमण नरोके वास्तविक पीडाको सामना गर्नुपर्ने चेतावनी दिनुभएको छ ।