प्रदेश विशेषमा आज,
* दाङको घोराहीस्थित प्लाईउड उद्योगमा भएको आगलागीबाट कच्चा पदार्थ र मेसिन जलेर नष्ट / दुई घरमा पनि क्षति ।
* पूर्वी तराईमा बार्षिक साढे १२ हजार टन सुपारी उत्पादन / सरकारले न्यूनतम मूल्य नतोक्दा किसानले पाएनन् उचित लाभ ।
* बाँकेको नौवस्ता औद्योगिक क्षेत्र अतिक्रमण गरी बनाएका घर टहरा भत्काउन थालियो/ ठुलो संख्यामा सुरक्षाबल परिचालन ।
* पशुचौपायामा बाँझोपन बढेपछि सुनसरीका किसान समस्यामा / पोषण र सरसफाइमा ध्यान नपुगेको पशुचिकित्सकको भनाइ ।