कान्तिपुर समाचार, ६ चैत २०८१

चैत्र ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ६ चैत २०८१

आजका मुख्य समाचार,

* नागरिकको सहज उपचारका लागि दुई सिफ्टमा अस्पताल चलाउने निर्णय ८ महिनादेखि अलपत्र / आधारभूत स्वास्थ्य सेवा दिन चुकेको भन्दै सांसदले गरे सरकारको आलोचना ।

* प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणाली हटाउन कांग्रेसलाई सुझाव / संविधानको प्रस्तावनामै हिन्दू राष्ट्र राख्न र जनप्रतिनिधिका लागि ७० वर्षे उमेरहद प्रस्ताव ।

* बरामद भएको २५ करोड केरुङ पुर्याउने मात्र जिम्मा लिएको ट्रक चालक कुसाङको खुलासा / पैसाको मालिकबारे मौन / सम्पत्ति शुद्धीकरणमा सोझियो प्रहरी अनुसन्धानमा ।

* युद्धविराम उल्लंघन गर्दै इजरायलद्वारा दोस्रो दिन पनि गाजामा आक्रमण / कम्तीमा १३ प्यालेस्टिनीको मृत्यु / प्यालेस्टिनियन इस्लामिक जिहादका सैन्य प्रवक्ता अबु हम्जा पनि मारिए ।

* प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटमा आर्मीको अपराजित यात्रामा पूर्णविराम / मधेश प्रदेशसँग ३ विकेटले पराजित / पुलिसले छैटौं जित हात पार्दा सुदूरपश्चिमले लुम्बिनीलाई हरायो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement