Kantipur Samachar | कान्तिपुर समाचार, ५ चैत २०८१

चैत्र ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ५ चैत २०८१

आजका मुख्य समाचार,

* समस्याग्रस्त सहकारीका ठूला ऋणिबाटै रकम तिर्न आलटाल / ऋण नतिर्नेका नातागोता र साक्षी बस्नेहरुको बैंक खाता रोक्का र सम्पत्ति छानबिन गर्नेसम्मको सरकारी तयारी ।

* समानुपातिक सांसद चुन्न तीन प्रदेशबाट एक–एक जना निर्वाचित हुनैपर्ने राजनीतिक दलसम्बन्धी कानुन प्रस्ताव / ७० प्रतिशत उम्मेदवारी दिनैपर्ने / विभाजनको प्रावधान भने खुकुलो ।

* बालबालिकामा कुपोषण न्यूनीकरणका लागि वार्षिक २ खर्बभन्दा बढी खर्च / कुपोषणमा सन्तोषजनक सुधार नहुँदा दीगो विकासको लक्ष्य हासिलमा चुनौती ।

* दुई महिना लामो गाजा युद्धविराम भंग / इजरायलको भिषण हवाई आक्रमणमा ४ सयभन्दा बढी प्यालेस्टिनीको मृत्यु / अरब मुलुक तथा युरोपेली युनियनद्वारा निन्दा ।

* प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा कर्णाली प्रदेशको शानदार जित / कोशी १ सय २७ रनले पराजित / बागमतीले गण्डकीलाई ६९ रनले हरायो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement