आजका मुख्य समाचार,
* विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलाई हटाउने तयारीसहित सरकारले सोध्यो छैटौं स्पष्टीकरण / सरकारलाई नटेरेको उर्जामन्त्रीको आरोप / संसदमा पक्ष विपक्षमा जुहारी ।
* राष्ट्रिय सभाबाट पनि ५ अध्यादेश पारित भएसँगै सरकारलाई प्रतिस्थापन विधेयक ल्याउन बाटो खुला / सेवा प्रवाह र अर्थतन्त्रमा सुधारसँगै सहकारीको बेथिति अन्त्यको अपेक्षा ।
* बाढीले क्षतिग्रस्त बीपी राजमार्ग पुन:निर्माण सुरु / बर्खाअघि अस्थायी संरचना बनाइसक्ने / दुई वटा सुरुङसहितको स्थायी संरचनाको खाका तयार ।
* युक्रेनप्रति समर्थन जनाउन ईयूका नेताहरु ब्रसेल्समा / युरोपको रक्षा खर्च वृद्धिबारे छलफल हुने / युरोप इतिहासकै नयाँ मोडमा प्रवेश गरिरहेको फ्रान्सको भनाइ ।
* सहलेस फुटबल क्लबलाई ३–१ गोलले हराउँदै मच्छिन्द्र क्लब वीरगञ्ज गोल्डकपको फाइनलमा / उपाधिका लागि शनिबार साविक विजेता नेपाल पुलिस क्लबसँग खेल्ने ।