मन्त्रिपरिषद्ले उर्जामन्त्रीलाई दियो कुलमानलाई स्पष्टीकरण सोध्ने अधिकार

फाल्गुन २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
मन्त्रिपरिषद्ले उर्जामन्त्रीलाई दियो कुलमानलाई स्पष्टीकरण सोध्ने अधिकार

काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई किन नहटाउने भनेर तीन दिने स्पष्टीकरण सोध्नका लागि ऊर्जामन्त्री दीपक खड्कालाई अधिकार दिएको छ । 

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कुलमानलाई हटाउनका लागि तीन दिने स्पष्टीकरण सोध्ने अधिकार दिएको एक मन्त्रीले जानकारी दिनुभयो । साथै सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त गरेको छ ।

यसैगरि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ । देवकोटा हाल स्वास्थ्य सेवा विभागका महानिर्देशकको जिम्मेवारीमा हुनुहुन्छ ।

२०५३ सालदेखि स्वास्थ्य सेवामा प्रवेश गरेको डा. देवकोटाले मेडिकल अधिकृतदेखि जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, मन्त्रालयको महत्त्वपूर्ण महाशाखा प्रमुख, लुम्बिनी प्रदेश सचिव लगायतको जिम्मेवारी सम्हालिसक्नु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement