प्रदेश विशेषमा आज,
* पश्चिमी वायु प्रणालीले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको हिमाली भेगमा हिमपात / केही स्थानमा हवाइ र सडक यातायात ठप्प ।
* घरदैलोमै प्रशासनिक सेवा उपलब्ध भएपछि पाँचथर हिलिहाङका स्थानीयलाई सहज / स्वास्थ्यपरिक्षण र औषधि पनि निशुल्क वितरण ।
* सल्यानका भूकम्पपीडित लक्षित जीविकोपार्जनका लागि सीपमूलक कार्यक्रम सञ्चालन / दैनिकी सहज भएको पीडितको भनाइ ।
* फरक क्षमताका जनकपुरका रञ्जित पञ्जियार परिवारको पालन पोषणका लागि सक्रिय / समाजले हेर्ने दृष्टिकोण फेरिने विश्वास ।