केयू आवासीय चिकित्सक आत्महत्या प्रयास घटना : ४ चिकित्सक ७ दिनका लागि निलम्बन

फाल्गुन १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
केयू आवासीय चिकित्सक आत्महत्या प्रयास घटना : ४ चिकित्सक ७ दिनका लागि निलम्बन

काभ्रे । काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालका आवासीय चिकित्सकको आत्महत्या प्रयाससँग सम्बन्धित घटनालाई लिएर नेपाल मेडिकल काउन्सिलले ४ जना चिकित्सकलाई ७ दिनका लागि निलम्बन गरेको छ ।

अस्पतालका विभागीय प्रमुख एवं एसोसियट डिन प्रोफेसर डा. अजय रिसाल, एसोसियट प्रोफेसर डा. दीपक कुँवर, लेक्चररद्वय डा. वर्षा श्रेष्ठ र डा. रिका रिजाललाई मेडिकल काउन्सिलले एक साताका लागि निलम्बन गरेको हो । फागुन ४ गतेको घटना सार्वजनिक नगरेको अस्पताल प्रशासनले निलम्बनपछि मात्रै आज सूचना मार्फत जानकारी दिएको हो । त्यसैले घटनालाई शंकास्पद मानिएको छ । 

आवासीय चिकित्सकले ओभरडोज औषधि सेवन गरेको र अस्पतालमै उपचारपछि अहिले सामान्य अवस्थामा फर्किएको जनाइएको छ । तर घटनालाई लिएर विद्यार्थीहरूले फागुन १६ गतेदेखि लगाएको ताला अझै खुल्न सकेको छैन ।

विभागीय प्रमुख सहित मानसिक रोग विभागमा कार्यरत चिकित्सकले मानसिक यातना दिएको भन्दै एक आवासीय चिकित्सकले आत्महत्या प्रयास गरेपछि अध्ययनरत विद्यार्थीहरूले छानबिनको माग गर्दै तालाबन्दी गरेका हुन् । यसको उजुरी परेपछि काउन्सिलले सदस्य डा. कालुसिंह खत्री र पुण्यरत्न शाक्यलाई अनुसन्धानका लागि धुलिखेल पठाएको थियो । उजुरी र स्थलगत अध्ययन प्रतिवेदनमा छलफलपछि काउन्सिल निलम्बन गर्ने निर्णयमा पुगेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement