आजका मुख्य समाचार,
* न्यून चापीय प्रणालीको प्रभावले देशभरको मौसममा बदली / पहाडी भू-भागमा मेघ गर्जनसहित हल्का वर्षा / हिमाली क्षेत्रमा हिमपात / किसानलाई राहत ।
* न्यायाधीशको हस्ताक्षर हुन नसक्दा संसद् पुनर्स्थापनासम्बन्धी फैसलाको पूर्णपाठ अझै सार्वजनिक भएन / सर्वोच्च अदालत नियमावलीको बेवास्ता ।
* मानवीय त्रुटीका कारण सवारी दुर्घटनाको तथ्याङ्क बढ्दो / साउनयता १४ हजारभन्दा बढी दुर्घटना / १४ सय ३२ जनाले गुमाए ज्यान ।
* इजरायल र हमासबीच गाजा युद्धविरामसम्बन्धी दोस्रो चरणको वार्ता कायरोमा जारी / स्थायी युद्धविराम, बन्धक रिहाई र गाजामा मानवीय सहायताबारे छलफल ।
* आयोजक भद्रपुर ब्लेजर्सले जित्यो झापा गोल्डकप फुटबलको उपाधि / झापा एघार दुई-शून्य गोलले स्तब्ध / भद्रपुरका कप्तान आशिष सर्वोत्कृष्ट खेलाडी घोषित ।