आजका मुख्य समाचार,
* भारतीय विश्वविद्यालयको दुर्व्यवहारपछि नेपाली विद्यार्थी धमाधम घर फर्किँदै / दोषीमाथि कारबाही गर्न परराष्ट्रमन्त्रीको आग्रह / भारत जाने विद्यार्थीको तथ्यांक नहुँदा सुरक्षामै चुनौती ।
* नागरिक चेतना र स्वतन्त्रताका लागि २ हजार ७ सालको प्रजातन्त्र महत्वपूर्ण खुड्किलो / शासकको मनोविज्ञान नफेरिँदा ७५ वर्षसम्म पनि सुशासन र सेवाप्रवाह भने कमजोर ।
* वर्षा नहुँदा गहुँ, तोरी र दलहनसहितको हिउँदे बालीलाई खडेरीको असर / जलवायु परिवर्तनको प्रभावले खाद्य शृङ्खलामै फेरबदल ।
* हमासले भोलि चार इजरायली बन्धकको शव बुझाउँदै / शनिबार ६ बन्धक रिहाइ हुने / इजरायलले पनि महिला र १९ वर्षमुनिका सबै प्यालेस्टिनीलाई छाड्ने ।
* च्याम्पियन्स ट्रफीको उद्घाटन खेलमा न्युजिल्यान्डद्वारा पाकिस्तानसामु ३ सय २१ रनको चुनौती / योङ र लाथमको शतक / घरेलु टोली जवाफी ब्याटिङमा ।