आयाक्स, रोमा र फेनबाचे युरोपा लिगको नक आउट चरण प्रवेश

फाल्गुन ९, २०८१ |खेल ब्युरो
आयाक्स, रोमा र फेनबाचे युरोपा लिगको नक आउट चरण प्रवेश

काठमाडौं । आयाक्स, रोमा र फेनबाचे युरोपा लिगको नक आउट चरण प्रवेश गरेका छन् । गएरातीका खेल सँगै अन्तिम १६ को समीकरण पनि पूरा भयो ।

इटालियन क्लब रोमाले , प्ले अफमा पोर्टोलाइ समग्रमा चार तीन गोलले पराजित गरेको हो । पहिलो लेग एक एक गोलको बराबरीमा सकिएको थियो । गएराती भएको दोस्रो लेगमा रोमाले पोर्टो माथि तीन दुई गोलको पुनरागमन जीत हात पारेको हो । २७ औं मिनेटमा सामुले होभर हेड किक मार्फत गोल गर्दै पोर्टोलाइ अग्रता दिलाएका थिए ।

३५ औं मिनेटमा पाउलो डिबालाले बराबरी गोल फर्काए । ३९ औं मिनेटमा उनैले गोल गरेपछि रोमा पहिलो हाफमा पोर्चुगिच क्लब विरुद्ध दुइ एकले अघि रह्यो । ५१ औं मिनेटमा स्टेफन युस्टाकियोले दोहोरो पंहेलो कार्ड पाएपछि पोर्टो दश खेलाडीमा समेटियो । ८३ औं मिनेटमा सब्सिच्युट निकोलो पिसिलीले गोल गरेपछि रोमा बलियो स्थितीमा पुग्यो । इन्जुरी समयमा डिभायन रेन्चले आफ्नै पोस्टमा गोल गरेपनि रोमाको जीतमा बाधा पुगेन् । यस्तै पुर्व च्याम्पियन आयाक्सले बेल्जियन युनियन सेन्टलाइ समग्रमा तीन दुइ गोलले हराएको हो ।

गएराती भएको खेलमा युनियनले दश खेलाडीमा समेटिएको डच साइडलाइ दुइ एक गोलले पराजित गरेको थियो । १६ औं मिनेटमा केभिन म्याक एलिस्टरले युनियनलाइ अग्रता दिलाए । २५ औं मिनेटमा आयाक्सका डेभी क्लासेनले रातो कार्ड पाएका थिए । २८ औं मिनेटमा प्रोमिस एकिनपेलुले पेनाल्टिमा गोल गरेपछि युनियनको आश बढेको थियो । दोस्रो हाफको इन्जुरी समयमा केनिथ टेलरको गरेको पेनाल्टि गोल आयाक्सलाइ नक आउट चरण पुग्न पर्याप्त भयो ।

जोजे मोरिन्होको प्रशिक्षणमा रहेको टर्किस क्लब फेनबाचेले बेल्जियन क्लब एन्डरलेच्टलाइ पांच दुइ गोलले हरायो । दोस्रो लेग दुइ दुइ गोलको बराबरमा सकिएको थियो । युसुफ एन नेस्रीले चौथो मिनेटमानै फेनबाचेका लागि गोल गरेका थिए । त्यसपछि स्ट्यान्डमा समर्थक बीच झडप हुदा खेल दश मिनेट अवरुद्ध भयो । १९ औं मिनेटमा लुइस भाकेजले खेल बराबरी गरेका थिए । उनैले ५५ औं मिनेटमा गोल गरेपछि एन्डरलेच्टले खेलमा दुइ एकको अग्रता बनाएको थियो । तर ६३ औं मिनेटमा युसुफले गोल गरेपछि फनेबाचे हार बाट जोगियो ।