आजका मुख्य समाचार,
* प्रकृतिलाई न्याय दिलाउनुपर्ने नेपाली विद्यार्थीको अडान कायमै / केआईआईटीका उपकुलपतिले माफी माग्दा पनि कक्षामा गएनन् / नेपाल फर्किनेको संख्या ३ सय पुग्यो ।
* संघ सरकारलाई थाहै छैन प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थाको विवरण / दर्ताविनाका संस्था निगरानी गर्न प्रदेशलाई हम्मेहम्मे / नागरिकको स्वास्थ्यमाथि खेलाँची ।
* कानुन संशोधनले खुसी भएको निजी क्षेत्र लगानी बढाउन अझै अनिच्छुक / सरकारबाट थप सहुलियतका कार्यक्रम माग / ७ महिनाको अवधिमा निर्यात साढे ४६ प्रतिशतले वृद्धि ।
* हमासद्वारा आफ्नो नियन्त्रणमा रहेका चार इजरायली बन्धकको शव हस्तान्तरण / चारमध्ये तीन एकै परिवारका / हमासले शनिबार थप ६ बन्धक रिहा गर्ने ।
* लगातार दोस्रो जित हात पार्दै नेपाल अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा / लेबनन एक शून्य गोलले पराजित / उपाधिका लागि म्यानमारसँग भिड्ने ।