आजका मुख्य समाचार,
* भारतको ओडिसास्थित विश्वविद्यालयमा नेपाली छात्राको शंकास्पद मृत्यु र कुटपिटबारे निष्पक्ष अनुसन्धान गर्न नेपालको माग / छात्रावासबाट निकालिएका सयौं नेपाली विद्यार्थी रेल्वे स्टेशनमा अलपत्र ।
* जनकपुरका अस्पतालमा बिरामीमाथि लापरवाही बढेपछि मुख्यमन्त्री सिंह आफै अनुगमनमा/ ३१ मध्ये १३ वटा अस्पताल बिना दर्ताका / अघि बढ्यो कारबाही ।
* मल कारखाना खोल्ने चार दशकदेखिको बहस अध्ययनमै सीमित/ किसान मलका लागि भौतारिदा सरकार अलमलमै/ एक वर्षभित्रै जर्मन कम्पनीसँग सम्झौता हुने दाबी ।
* अमेरिकी विदेशमन्त्री मार्को युक्रेन युद्ध अन्त्यबारे रुसी अधिकारीसँग हुने वार्ताका लागि साउदी अरबमा / मूल पक्ष युक्रेन र युरोपलाई भने गराइएन सहभागी ।
* अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात/ बिमला चौधरीको निर्णायक गोलमा किर्गिस्तान पराजित / उद्घाटन खेलमा म्यानमारले लेबनानलाई ३-१ले हरायो ।