आजका मुख्य समाचार,
* ट्रम्प नेतृत्वमा आएयता अमेरिकाबाट २७ नेपाली फिर्ता / अवैध रूपमा पठाउने गिरोहबारे फर्किएकासँग सोधखोज गर्दै प्रहरी / अमेरिकाले रोक्यो नेपाललाई दिने झन्डै साढे ५ अर्ब अनुदान ।
* प्रधानमन्त्री ओलीद्वारा सांसदको प्रश्नमा जवाफ दिनसमेत अस्वीकार / विपक्षीलाई व्यङ्ग्य गर्दै प्रश्नकर्तालाई नै प्रतिप्रश्न / संसदको अवमूल्यन भएको विपक्षीको आरोप ।
* जलनको उपचारका लागि सर्वसाधारणदेखि उच्च पदस्थसम्म काठमाडौं धाउन बाध्य / तोकिएका प्रदेश अस्पतालमा न जनशक्ति नत उपकरण / तत्काल कानुन बनाउन सांसदको माग ।
* देशैभर धमाधम सुविधासम्पन्न विदेशी चेन होटलहरू खुल्दै / स्वदेशी व्यवसायी पनि लगानी विस्तारमा / पर्यटनमैत्री वातावरण बनाउन सरकारसँग लगानीकर्ताको माग ।
* चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप भोलिदेखि काठमाडौंमा / उद्घाटन खेलमा घरेलु टोली नेपालले किर्गिस्तानसँग प्रतिस्पर्धा गर्ने ।