नकारात्मकताको मूल जरो प्रधामन्त्री ओली : एकीकृत समाजवादी

फाल्गुन १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
नकारात्मकताको मूल जरो प्रधामन्त्री ओली : एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले देशमा नकारात्मकताको जरो नै प्रधानमन्त्री केपी ओली भएको अरोप लगाउनुभएको छ । ललितपुरमा शुक्रबारबाट जारी केन्द्रीय कमिटीको बैठकको बारेमा जानकारी दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्री ओली र सरकारले एकीकृत समाजवादीमाथि आक्रमण गर्ने प्रवृत्तिबारे बैठकमा छलफल भइरहेको बताउनुभयो । उहाँले पार्टीलाई सुदृढ र सबल बनाएर लैजाने बारेमा केन्द्रीय कमिटीमा एकमत रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “नेकपा एमाले अथवा यो सरकार यो ढंगले लागिरहेको छ भनेर केपी ओलीको नकारात्मक प्रवृत्तिप्रति आक्रमण गर्ने त्यो चिज त हाम्रो बैठकमा चलि नै रहेको छ । किनकि यो देशमा सबै नकारात्मकताको मूल जरो नै उहाँ नै हुनुहुन्छ र उहाँले नै यो सब बिगार्नुभएको छ भन्ने कुरामा हामी प्रस्ट नै छौँ । तर सबैको सामूहिक चेतना के छ भने जसले जस्तोसुकै प्रहार गरे पनि पार्टीलाई सबल र सुदृढीकरण गरेर हामी अघि बढ्नुपर्छ भन्ने कुरामा हाम्रो एकमत देखिन्छ ।”

प्रवक्ता खतिवडाले बैठकमा नेतृत्व र केन्द्रीय सदस्यहरूले खेल्नुपर्ने भूमिकाका बारेमा केन्द्रिकृत भएको बताउनुभयो । पार्टीलाई जनतासँग जोडेर जनसंघर्षको माध्यमबाट सबल बनाउने प्रस्ताव बैठकमा गरिएको उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement