आजका मुख्य समाचार,
* पोखरामा बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र पोखरा महानगर प्रमुख आचार्य घाइते/ सुरक्षा सावधानीमा हेल्चेक्र्याँइ/ कीर्तिपुर बर्न अस्पतालमा उपचार जारी ।
* प्राथमिकता निर्धारणमै चुकेको सरकार अध्यादेश पारित गर्न सत्ता सहयात्री दलसँग हारगुहार गर्दै / ६ वटै अध्यादेश पारित गर्ने सहमति/ भूमि अध्यादेशमा जसपा नेपालको असन्तुष्टि कायमै ।
* अठ्ठाइस अर्ब बजेट छुट्याउँदा पनि मलको माग धान्नै सकस / जटिल खरिद प्रक्रिया र सरकारको सुस्त कार्यशैली मुख्य कारण/ वितरण चूनौतीपूर्ण बन्दा यो वर्ष पनि आपूर्ति कठिन ।
* युद्धविराम सम्झौताअन्तर्गत हमासद्वारा छैटौं पटक तीन इजरायली बन्धक रिहा/ इजरायलले पनि छाड्यो तीन सय ६९ बन्दी / सम्झौता जोगाउन इजिप्ट र कतारको मध्यस्थता प्रयास ।
* उज्वेकिस्तानको ब्ल्याक बुल्सले लग्यो आहा रारा गोल्डकपको उपाधि / ६ पटकको च्याम्पियन नेपाल पुलिस ३-१ ले पराजित ।