Kantipur Samachar | कान्तिपुर समाचार, ०२ फागुन २०८१

फाल्गुन २, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ०२ फागुन २०८१

आजका मुख्य समाचार,

* अध्यादेशमा असहयोग भएपछि दल विभाजन सहज हुने विधेयक ल्याउने सरकारको रणनीति / पास गर्न अनेक विकल्प रहेको एमाले महासचिवको दाबी / विज्ञ भन्छन्- विकल्प संसद् मात्रै ।

* प्रधानमन्त्री रोजगार कार्यक्रम निरन्तर असफल / एक वर्षमा ६० हजार युवालाई रोजगारी दिने लक्ष्य भए पनि ७ महिनामा २५ सयले पाए काम ।

* डढेलो, गाडी र कलकारखानाको धुवाँका कारण एक सातादेखि काठमाडौंको वायू प्रदूषण विश्वकै शीर्ष सूचीमा / आँखा पोल्ने, रुघाखोकी र श्वास प्रश्वासका बिरामी बढे ।

* रुस-युक्रेन युद्ध तत्काल अन्त्य गर्ने योजना अमेरिकासँग नरहेको जेलेन्स्कीको दाबी / चेर्नोबिल आणविक ऊर्जा केन्द्रमा रुसी आक्रमण / मस्कोमाथि थप प्रतिबन्ध लगाउने वाशिङ्टनको चेतावनी ।

* भोलि हुने मैत्रीपूर्ण फुटबलमा यस वर्ष पनि चिनियाँ टोलीलाई हराउने नेपाली युवा टिमको लक्ष्य / डिफेन्स र अफेन्समा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षक शाहीको भनाइ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement