Kantipur Samachar | कान्तिपुर समाचार, १९ माघ २०८१

माघ १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, १९ माघ २०८१

आजका मुख्य समाचार,

* जनता आवास कार्यक्रममार्फत् विपन्नका लागि घर बनाइदिने सरकारको बाचा अझै अपुरो / बजेट काटिँदा सप्तरीमा बन्न बाँकी झण्डै चार सय घर अलपत्र / बनेकै घरसमेत कमसल ।

* अध्यादेशलाई लिएर संसद्‌मा सत्ता र प्रतिपक्ष आमनेसामने / माओवादी र रास्वपाको अस्वीकार प्रस्ताव दर्ता / नियमावलीमा समयसीमा नतोकिए अध्यादेश आउन नरोकिने सत्तापक्षको चेतावनी ।

* भारतमा १२ लाखसम्म कमाउनेले आयकर तिर्नु नपर्ने / ७० प्रतिशत महिलालाई आर्थिक गतिविधिमा संलग्न गराउने बजेटको योजना / नेपालका लागि छुट्याइयो ११ अर्ब अनुदान ।

* हमासद्वारा थप तीन इजरायली बन्धक रिहा / इजरायलले छाडेका २५ प्यालेस्टिनी वेस्ट ब्यांक पुगे / गाजाका घाइतेलाई उपचारका लागि इजिप्ट लगिँदै ।

* महिला टी-ट्वेन्टी आई त्रिकोणात्मक सिरिजमा नेपाल आज पनि हार्‍यो / थाइल्यान्ड चार विकेटले विजयी / नेपाल र नेदरल्यान्डस् भोलि दोस्रोपटक भिड्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.