ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयमा भएको विवादले यति बेला पूर्वी नेपाल अशान्त छ । गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा भएको ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीचको झडपपछि १५ गतेदेखि आन्दोलनरत समूहले ताप्लेजुङ सहित मेची राजमार्ग र तमोर करिडोरमा यातायात बन्द गरेका थिए ।
हिजो आइतबारदेखि भने उनीहरूले कोशी प्रदेशका नौ जिल्लामा यातायात बन्द गराएका छन् । बन्द गराउने र खुलाउने बीच कतिपय ठाउँमा झडप भएका छन् । बन्दका कारण जनजीवन कष्टकर हुन थालेको छ । सरोकारवालाहरूले तत्काल वार्ता मार्फत् समस्या समाधान गर्न आह्वान गरेका छन् ।
विस्तृत रिपोर्ट भिडिओमा :