कान्तिपुर समाचार, २१ माघ २०८१

माघ २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २१ माघ २०८१

आजका मुख्य समाचार,

* पाथीभरा मुक्कुमलुङ विवाद समाधान गर्न सरकार र असन्तुष्ट पक्ष वार्तामा / संवादबाटै समाधान खोज्न जनप्रतिनिधि र नागरिक अगुवाको सुझाव / बन्दका कारण कोशीका ९ जिल्लाको जनजीवन कष्टकर ।

* भिटामिन, क्याल्सियमलगायतका सप्लिमेन्ट गैरकानुनी रूपमा औषधि पसलबाट खुलेआम बिक्री / उपभोक्ताको स्वास्थ्यमा पर्ने असरबारे न परीक्षण, न त अनुसन्धान ।

* सत्तापक्षलाई अध्यादेश पारित गराउन प्रतिनिधि सभामा सहज भए पनि राष्ट्रिय सभामा सकस / दुवै सदनबाट स्वीकृत नभए स्वत: निष्क्रिय हुने ।

* ग्रामी अवार्डको एल्बम अफ दि इयर पुरस्कार अमेरिकी गायिका बियोन्सेलाई / ग्रामी कमिटीले ऐतिहासिक गल्ती सच्याएको टिप्पणी ।

* अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा डडेल्धुराद्वारा झापा ७७ रनले पराजित / क्रिकेट एक्सिलेन्ट सेन्टरविरुद्ध अत्तरिया ८६ रनले विजयी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.