Kantipur Samachar | कान्तिपुर समाचार, ३० कार्तिक २०८१

कार्तिक ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ३० कार्तिक २०८१

आजका मुख्य समाचार,

* भागबण्डाको राजनीतिले अख्तियार कमजोर बनेको भन्दै पदाधिकारी नियुक्तिमा खुला प्रतिस्पर्धाको माग / पूर्वकर्मचारीलाई मात्र अख्तियारको जिम्मा दिँदा भ्रष्टाचार नियन्त्रण हुनै सकेन ।

* चीनलगत्तै भारत जाने प्रधानमन्त्री ओलीको तयारी / प्रधानमन्त्रीसँगको परामर्शमा चीन भ्रमणका एजेन्डा टुंग्याउने परराष्ट्रमन्त्रीको भनाइ / पुरानै सम्झौता कार्यान्वयनमा एमालेको जोड ।

* विकास निर्माणका काममा सधैँको ढिलासुस्तीले सरकारसमेत आजित/ प्रशासन जनउत्तरदायी नभएको निष्कर्ष / उच्चस्तरीय शासकीय सुधार सुझाव आयोग गठन गरिने ।

* श्रीलंकामा राष्ट्रपति दिशानायकेको गठबन्धन नेसनल पिपुल्स पावरलाई दुई तिहाईको स्पष्ट बहुमत / संसद्का २ सय २५ मध्ये १ सय ५९ सिटमा एनपीपी विजयी ।

* पाँच वर्षका लागि नेपाल प्रिमियर लिग एनपीएलको मुख्य प्रायोजक घोषणा / रेकर्ड ब्रेकिङ सम्झौता भएको क्यानको भनाइ / खेलको प्रत्यक्ष प्रशारण स्टार स्पोर्टसमा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.